"वर्तमान संसार "

Amisha Khadka

15 Jun, 2020

प्रकृतिकाे हरेक रूप मानव जातिले भाेग्नु पर्छ रे

जुन समय अनि मौसम अनुसार परिवर्तन हुन्छ रे

परिवर्तनको सुरुवातमा नै मानव जीवनमा केही कष्ट हुन्छ रे

जस्तो अवस्था आए पनि आत्म विश्वासका साथ अगाडि बढनु पर्छ रे ॥

प्रकृतिमा नयाँ रुपको स्थान covid 19 ले लिईरहेकाे छ

चिनबाट सुरुवात भई संसार भरिनई फैलिएको छ

आफू नै covid 19 काे सिकार होकी भन्ने पनि थाहा हुने नरहेछ

उपचार नि नहुने आफनै घर भित्र बस्नु पने रहेछ ॥

आफू सुरक्षित भए अरू सुरक्षित भईने रहेछ

सफा पानी मात्र नभई साबुन पानीकाे प्रयाेग गनु पर्ने रहेछ

समय, समय बिचमा सफा पानी पिउनु पर्ने रहेछ

याे राेगसँग लड्न पानीको नी निकै महत्त्वपूर्ण भूमिका रहेछ ॥

हाम्रो देशको लागि,आफ्नो लागि हामीले आफैं गर्नुपर्छ

घर देखि आफ्नो समाज आफै सफा अनि सुरक्षित गर्नुपर्छ

दुःख , सुख जे जस्तो भए पनि हातेमालो गर्नुपर्छ

सुन्दर भविष्य बनाउन भाेलि हाेइन आझै राम्रो गर्नुपर्छ ॥